Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा प्रधानमन्त्री बन्दा एमालेले गोहीको आँशु चुहाउनै पर्दैन- प्रचण्ड


    आइतबार, साउन ३ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा एमालेले टाउको दुख्नुपर्ने कारण नरहेको बताएका छन् । 

    पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनी प्रश्न गर्दै देउवा प्रधानमन्त्री बन्दा टाउको दुख्नुपर्ने कारण नरहेको बताएका हुन् ।

    एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिए । 

    उनले प्रश्न गरे, ‘संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालत भनेर लेख्ने हामी नै होइन ?’

    अदालतले अन्ततः संविधानको मर्म र भावनाअनुरूप संसद् पुनर्स्थापना गरेको भन्दै उनले संविधानमा लेखिएबमोजिम काम हुँदा लोकतन्त्र मिचियो भनेर कराउनुको अर्थ नहुने प्रस्ट पारे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार