काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेपाली कांग्रेससँग जीतमा पनि शालिनता देखाउने र हारलाई पनि शानका साथ स्वीकार गर्ने शक्ति भएकाे बताएका छन् ।
पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा बोल्दै रिजालले कांग्रेसले जीत नपाएको दिन संविधान भत्काउने काम नगर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस बिपीको पार्टी हो। कांग्रेसले जीतमा शालिनता देखाउँछ, हारलाई पनि शान साथ स्वीकार्छ, यो चरित्र हो कांग्रेसको।कांग्रेसले जीत नपाएको दिन संविधान भत्काउँदैन ।’
केपी ओली नेतृत्वको सरकारले आफूसँग दुई तिहाई छ, जे गरेपछि हुन्छ भन्ने सोचेको उनले बताए ।
उनले भने, ‘हामीसँग दुई तिहाई छ जे गरे पनि हुन्छ भन्ने सोचियो। अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन। मिलेमतोमा पदीय मर्यादा बिर्सेर काम गर्नेलाई नेपालमा संविधान छ भनेर सिकाएको हो ।’
अदालतको फैसलाबाट संविधानवाद विजयी भएको उनले बताए ।
हिजो प्रचण्ड र माधव नेपालको अनुहार देखाएर दुई तिहाईं ल्याएको तर अहिले उनीहरुलाई अपमानित गरिएको उनको भनाइ छ। तर कांग्रेसले सबैलाई साथ लिएर अघि बढ्ने उनले बताए ।
ओली सरकारले नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गरेको उनले बताए। अब सत्ता कसरी चल्नुपर्छ भनेर नेपाली जनताले देख्ने उनले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend