Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कानून मन्त्रीद्वारा सपथ र रेलवेसम्बन्धी अध्यादेश प्रस्तुत


    आइतबार, साउन ३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आइतबार बसेको प्रतिनिधि सभामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सपथ सम्बन्धी अध्यादेश २०७८ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।

    मन्त्री कार्कीले सरकारका तर्फबाट उक्त अध्यादेश प्रस्तुत गरेका हुन् ।

    त्यस्तै मन्त्री कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको हैसियतमा रेलवे ऐन सम्बन्धी अध्यादेश समेत प्रस्तुत गरेका छन् ।

    त्यसक्रममा उनले रेलवे सम्बन्धी कानुन अभावले सञ्चालनको तयारीमा रहेको रेल सेवा सञ्चालन गर्न समस्या भएकोले अध्यादेश ल्याउनुपरेको बताएका छन् ।

    त्यस्तै मन्त्री कार्कीले अर्को अध्यादेश स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश प्रस्तुत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार