Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • आन्तरिक छलफलमा नेपाल पक्ष, देउवालाई विश्वासको मत देलान् त ?


    आइतबार, साउन ३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ ।

    प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न नेपाल पक्ष आकस्मिक रूपमा आन्तरिक छलफलमा जुटेकाे हाे । 

     प्रधानमन्त्री देउवाले आज बस्ने प्रतिनिधिसभा बैठकपछि विश्वासको मत लिने तयारी गरेका छन् । 

    प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसदको समर्थन चाहिने हुन्छ । यतिवेला देउवासँग कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।  एमालेको नेपाल समूहका ८ सांसदले मत दिएमा देउवाले विश्वासको मत पाउनेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार