Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस र माओवादी संसदीय दलको बैठक बस्दै


    आइतबार, साउन ३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता साझेदारी दल नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । 

    आज अपरान्ह पुनःस्थापित प्रतिनिधिसभा बैठक बस्नुअघि काँग्रेस र माओवादीको संसदीय दलको बैठक बस्न लागेको हो ।

    संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न दुवै दलले छुट्टाछुट्टै बैठक बोलाएको बताइएको छ। 

    आज बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादीको बैठक बस्दै छ। जसमा माओवादी केन्द्रले बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई बोलाएको छ ।

    यस्तै, नेपाली काँग्रेसको बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरमा बस्दै छ ।

    काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार