काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएरै भए पनि पार्टीमा एकता कायम गर्ने पक्षमा दोस्रो पुस्ताका नेताहरु लागेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको इगोले पार्टी एकता हुन नसकेपछि दोस्रो पुस्ताका नेताहरुमध्येबाट एकजनालाई संसदीय दलको नेता बनाउनेबारेमा घनीभूत छलफल भइरहेको छ ।
दोस्रो पुस्ताका नेताहरु बिष्णुप्रसाद पौडेललाई संसदीय दलको नेता बनाएर पार्टी एकता बचाउनेबारेमा पनि पार्टीमा छलफल भइरहेको छ । एमालेमा एकता हुन नसक्नुमा अध्यक्षका नाताले ओली बढी जिम्मेवार भएको निष्कर्ष निकाल्दै दोस्रो पुस्ताका नेताहरु उनलाई संसदीय दलको नेताबाट बिदा गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
ओली र माधव नेपाल दुवैतर्फका दोस्रो तहका नेताहरु यसबारेमा छलफलमा जुटेका छन् । स्रोतका अनुसार ओलीको दम्भको कारण पार्टी बिग्रहतर्फ जान लागेको ठम्याईमा एमालेका करिब ३५ सांसद पुगिसकेका छन् । शुक्रबार राखिएको एमालेको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका ७० देखि ७५ सांसद मात्र सहभागी हुनुले पनि असन्तुष्टि प्रकट गरेको छ । कतिपय जिल्लामा भए पनि काठमाडौंमै भएका सांसदहरु समेत बैठकमा नगएकाले संसदीय दलमा ओलीबिरुद्ध माहौल तयार भएको पुष्टि गर्दछ । ओली पक्षका ३५ र माधव नेपाल पक्षका २६ सांसद जोड्दा ६१ पुग्छ । प्रतिनिधिसभामा एमालेका १२१ सांसद छन् ।
माधव नेपाल पक्षका नेता घनश्याम भूसालका निकटस्थ एमाले नेता–कार्यकर्ताहरु ढुक्कका साथ पार्टी पनि नफुट्ने र वर्तमान संसद पनि पूरै कार्यकाल चल्ने टिप्पणी सामाजिक संजालमा पोष्ट गरिरहेका छन् ।
केपी ओलीले बालकोटको बार्दलीबाट बोलेका कटु बचनले पार्टी एकता झन् पर धकेलेको बुझाई दोस्रो पुुस्ताका उनकै गुटुका नेताहरुको पनि छ । महेश बस्नेत प्रवृत्तिको तामझाम देखेर उनले संयमता गुमाएर अभिब्यक्ति दिएपछि माधव नेपाललाई चिढ्याउने काम गरेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend