Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • जसपाको संसदीय दल र कार्यकारिणीमा उपेन्द्र यादवको बहुमतः देउवा सरकारमा सहभागी हुने


    शनिबार, साउन २ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसदीय दल र कार्यकारिणी समिति दुवैको बहुमतबाट सरकारमा सहभागी हुने निर्णय गराएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षकोे शनिबार बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

    जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले देउवा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।  जसको पुष्टि जसपाका सांसद मोहम्मद इस्तियाक राईले गरेका छन् । पार्टीका तत्काल कायम ३२ सांसदमध्ये २० जनाको उपस्थितिमा सम्पन्न  बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको राईले बताएका छन् । उनका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दा सम्बोधन गर्नेगरी जसपा सरकारमा सहभागी हुन लागेको हो ।

    सर्वोच्च अदालतको आदेशले पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । जुन बैठकमा जसपा सत्तापक्षको बेन्चमा बस्ने भएको छ । जसपाको संसदीय दलको शनिबारको बैठकमा प्रतिनिधिसभाका १७ र राष्ट्रियसभाका ३ सांसद सहभागी भएको जनाइएको छ । जसपाले देउवा सरकारमा ८ मन्त्रालय मागेको छ ।

    यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह ओली सरकारमा ११ मन्त्रालय सहित सहभागी भएको थियो । राजपा र समाजवादी पार्टी एकीकरण्ण भई २०७७ बैशाख १० मा जसपा बनेको थियो । ओली सरकारमा जाने ठाकुरले निर्णय गर्दा तत्कालीन समाजवादीका ५ सांसद उनीतिर लागेका थिए । अहिले राजपाका ६ सांसद देउवा सरकारमा जानका लागि उपेन्द्र यादवतिर लागेको समाचार सार्वजनिक भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार