Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रदेश २ को सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी, २ मन्त्रीले लिए सपथ 


    शनिबार, साउन २ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमडौं । प्रदेश २ को सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतोले केपी ओलीको संसद बिघटन गर्ने कार्यलाई समर्थन गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले प्रदेश २ मा पनि मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

    ठाकुर–महतो पक्षका मन्त्रीलाई हटाएर मुख्यमन्त्री लालबाबु राउतले नेकपा माओवादीको कोटाबाट आज १ मन्त्री र १ राज्यमन्त्री थपेका छन् ।

     यसअघि नेपाली कांग्रेसबाट ३ मन्त्री नियुक्त भइसकेका छन् । माओवादीबाट भरत साहलाई आन्तरिक मामिला र सञ्चार र सोही मन्त्रालयमा रुवी कर्णलाई राज्यमन्त्री बनाइएको छ । उनीहरुलाई आजै मुख्यमन्त्री राउतले सपथ खुवाएका छन् । प्रदेश प्रमुख राजेश झाले  आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा भरत साहलाई सपथ खुवाएका थिए । राज्यमन्त्री  रुबी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ख्वाएका छन् ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच केन्द्रमा रहेको गठबन्धनलाई प्रदेशमा निरन्तरता दिने सहमति भएको छ । जुन सहमति अनुसार माओवादीबाट १ मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार