Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पार्टी एकता जोगाउन १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न नेपाल-ओली पक्ष सहमत


    शनिबार, साउन २ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा रहेका केही स्थायी कमिटीका नेताहरूबीच अनौपचारिक छलफल भएको छ।

    छलफलले पार्टी एकतालाई जोगाउन १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि जाने निष्कर्ष निकालेकाे छ । 

    पार्टीमा भएकाे १० बुँदे सहमति पत्र पार्टी अध्यक्ष ओली र पार्टीका अर्का शीर्ष नेता माधव नेपाललाई बुझाएकाे बताउदै १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्दा पार्टीलाई एकतावद्ध बनाउन सकिने नेता सुवासचन्द्र नेम्वाङले बताए । 

    ‘पार्टीभित्र विभिन्न प्रकारका मत छन्। अदालतले जे फैसला गर्‍यो त्यसले धेरै कुरा भत्काएको छ। त्यसलाई मान्दै अगाडि बढ्छौं भन्ने निष्कर्ष हो । हामीले आपसमा छलफल गर्‍यौं । १० बुँदेबाटै एकतामा पुगिन्छ भन्ने निष्कर्ष हो,’ उनले भने ।

    बैठकपछि कुरा गर्दै नेता गोकर्ण विष्टले विगतका कुराहरूतिर फर्किन आफू नचाहेको भन्दै १० बुँदे सहमतिमा रहेर पार्टी एकतालाई कसरी जोगाउने र जिम्मेवारपूर्ण भूमिका खेल्ने भन्नेमा अनौपचारिक छलफल भएको बताए ।

    त्यही १० बुँदे सहमतिलाई स्थायी कमिटीबाटअनुमोदन गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार