Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • माओवादीमा मन्त्री छान्न महाभारत, नारायणकाजीले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय ताके


    शनिबार, साउन २ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि नेकपा (माओवाद केन्द्र) लाई मन्त्री छान्न सकस परेको छ । १० बर्षे जनयुद्धबाट शान्तिप्रक्रियामा आएपछि नारायणकाजी श्रेष्ठको एकता केन्द्र माओवादीमा बिलय भएको थियो । त्यहीँदेखि माओवादी जतिपटक सरकारमा गयो उतिपटक फाइदा लिंदैआएका छन् नारायणकाजी श्रेष्ठ । कहिले आफैं सरकारमा मन्त्री भएका छन् त कहिले अमिक शेरचन, गिरिराजमणि पोखरेल, डीआर पौडेललाई मन्त्री बनाए । नारायणकाजीले यो पटक पनि कोटा मागेपछि देउवाको सरकारमा पठाउने मन्त्री छान्न पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सकस परेको छ ।

    प्रधानमन्त्रीले सपथ लिने दिन असार २९ मा माओवादीबाट २ र नेपाली कांग्रेसबाट २ जना मन्त्री बनाउने सहमति दुई पार्टीबीच भएको थियो । माओवादीबाट मन्त्री छान्ने क्रममा नारायणकाजीले आफैं परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्रीको दाबी गरे । जसका कारण पार्टीलाई मन्त्री छान्न मुस्किल पर्यो । मन्त्री छनोटमा काजीले पूर्वजनमोर्चाको कोटामा आफैं जान चाहेपछि अध्यक्ष प्रचण्ड सकसमा परे । पछि माओवादीका मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डले नै पाए । उनले जनार्दन शर्मा र पम्फा भूसाललाई सरकारमा पठाउने निर्णय गरे । पहिलो चरणको मन्त्री छाने पनि नारायणकाजी श्रेष्ठले विश्वासको मत लिइसकेपछि  हुने विस्तारमा परराष्ट्र मन्त्रीसहित उपप्रधानमन्त्री माग गरेको माओवादीका एक नेताले बताएका छन् । माओवादी जनयुद्धमा केही योगदान नभए पनि २०६४ पछि एकीकरण गरेका नारायणकाजीले सधैं कोटा लिने गरेका छन ।

    नारायणकाजी श्रेष्ठ २ पटक आफैं मन्त्री भइसकेका छन् । देउवाको सरकारमा मन्त्री हुनका लागि काजी आफैं तम्सिएपछि माओवादीभित्र बिरोध हुन थालेको छ । पटक पटक अवसर पाउनेलाई मन्त्री बनाउनु नहुने भन्दै माओवादीभित्रै बिरोध भएकाले प्रचण्डले यो पटक नयाँलाई अवसर दिने बताएका थिए । तर तीन पटक मन्त्री भएकी पम्फा भूसाल र २ पटक भइसकेका जनार्दन शर्मालाई पठाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार