काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार महान्यायाधीवक्ता खम्बबहादुर खातीलाई सपथग्रहण गराउनका लागि समय दिन अस्वीकार गरेको समाचार सार्वजनिक भयो । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका महान्यायाधीवक्ता खातीलाई सपथ खुवाउन राष्ट्रपति कार्यालयले समय नदिएको समाचार शुक्रबार भाइरल भयो । शुक्रबारै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नै सर्वोच्च अदालतमा खातीलाई सपथ गराएका छन् ।
महान्यायाधीवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले सपथ खुवाउने प्रचलन रहिआएको छ । ३ महिनाअघि २०७७ चैत २२ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका महान्यायाधीवक्ता रमेश बडाललाई राष्ट्रपतिकै उपस्थितिमा सपथ खुवाइएको थियो । तर ३ महिनापछि देउवाले नियुक्त गरेका महान्यायाधीवक्तालाई राष्ट्रपतिले सपथ खुवाउन नमानेको भनी आलोचना समेत भएको छ । गएको चैतमा पनि कोरोना संक्रमणको दर अहिलेकै जस्तो थियो, तर त्यतिबेला सपथ खुवाएकी राष्ट्रपति भण्डारीले अहिले नखुवाएपछि उनीमाथि प्रश्न भने उठेको छ ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेको बिषयमा सुरुमै सरकारसँग राष्ट्रपति भण्डारीले टसल गर्न खोजेकी थिइनु्, शुक्रबार महान्यायाधीवक्ताको सपथ नखुवाएपछि यो बिषयमा झन् बढी चर्चा भयो । राष्ट्रपतिले देउवा सरकारलाई असहयोग गर्न खोजेको अर्थ लगाउने मौका दियो । सपथ विवाद धेरै नै उछालिएपछि राष्ट्रपति कार्यालयले शुक्रबार साँझ कोभिडका कारण सामाजिक दूरी कायम गर्नका लागि महान्यायाधीवक्ता, सर्वोच्चका न्यायाधीशको सपथ प्रधानन्यायाधीशले नै खुवाउनका लागि सूचना निकालेको भनी खण्डन गरेको छ ।
महान्यायाधीवक्ता राष्ट्रपति र सरकार दुबैका कानुनी सल्लाहकार हुन् । महान्यायाधीवक्ताको सपथमा राष्ट्रपति उपपस्थित हुनैपर्ने ब्यवस्था छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend