काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ७ गते विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेस सम्बद्ध स्रोतका अनुसार विश्वासको मत लिएपछि मात्र प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने भएका छन् । प्रधानमन्त्री पदको सपथ लिने दिन ४ मन्त्रीमात्र नियुक्त गरेका देउवाले विश्वासको मत लिइसकेपछि सहयात्री राजनीतिक पार्टीहरुसँगको सहमतिमा मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।
सुरुमा नेपाली कांग्रेसबाट २ र नेकपा माओवादीबाट २ गरी ४ मन्त्री नियुक्त गरेका देउवाले जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन वार्ता गरिरहेका छन् । केपी शर्मा ओलीको सरकारले गरेको प्रतिनिधिसभा बिघटनका बिरुद्ध विपक्षी गठबन्धनमा सामेल भएको जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसहित महन्थ ठाकुर र राजेन्द्र महतोसहितको सिंगो पार्टीलाई सरकारमा ल्याउन देउवा लागेका छन् । सिंगो जसपाले साथ दिएमा देउवाको सरकारलाई बहुमत जुटाउन सहज हुनेछ । सिंगो जसपाले साथ नदिएमा एमालेका बरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले विश्वासको मत दिने प्रतिबद्धता जनाइसकेका छन् ।
माधव नेपाल पक्षका २३ सांसदको हस्ताक्षरका कारण १४६ को संख्या जुटेकाले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । माधव नेपालकै कारण ओली सरकारको बिकल्पमा सरकार बनाउने मैदान बनेकाले पनि देउवा उनीसँग सल्लाह गरेरै अगाडि बढ्ने पक्षमा छन् । लोकतन्त्र र संसद बचाउनका लागि विपक्षी गठबन्धनमा सहभागी भएको र त्यो उद्देश्य पूरा भएकाले पार्टीको निर्देशन मान्ने बताएका माधव नेपाललाई ओलीले बालुवाटारबाट बहिर्गमन भएकै दिन बालकोटको बार्दलीबाट अपराधी भनेपछि उनी आक्रोसित भएका छन् ।
ओलीले पार्टी एकताको ढोका बन्द गरेको जनाउ दिइसकेकाले माधव नेपालहरुसँग अर्को पार्टी बनाउनुको बिकल्प बाँकी छ्रैन । देउवाले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरी एमालेको बैधानिक विभाजनका लागि बाटो खुल्ला गरी माधव नेपालहरुलाई सजिलो बनाइदिने बिकल्प छ । जुन विकल्प देउवाले प्रयोग गर्नसक्ने आशंका एमालेको शुक्रबारको स्थायी समिति र संसदीय दलको बैठकमा पनि उठेको छ ।
ओलीले एकताको ढोका बन्द गरिसकेकाले अब माधव नेपालहरु पनि सरकारमा जाने संभावना रहेको स्रोतको दाबी छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend