Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ओलीले भने- एमाले फुटाउने षड्यन्त्र हुनसक्छ सर्तक रहनु


    शुक्रबार, साउन १ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अध्यादेश ल्याएर एमाले पार्टी फुटाउने षड्यन्त्र हुनसक्ने भन्दै त्यसतर्फ सतर्क रहन भनेका छन् ।

    प्रधानमन्त्री पदबाट हटेपछि शुक्रबार पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले देउवा नेतृत्वको सरकारले जे पनि गर्न सक्ने भन्दै सर्तक रहन निर्देशन दिएका हुन् ।

    अध्यादेश ल्याएर एमालेविरुद्ध अझै षड्यन्त्र हुनसक्ने भन्दै उनले भने, ‘सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् । दमनको शुरुवात हुनसक्छ ।’ सतर्क रहनु ।’

    बैठकमा समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गरेका ओलीले  पार्टी फुटाउने प्रयास हुने भन्दै त्यसतर्फ सजग रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार