काठमाडाैं । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ ।
यसअघि आजै बिहान बसेको एमाले स्थायी समिति बैठकले कार्यदलको १० बुँदे एकता प्रस्ताव अनुमोदन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । दलको बैठकले स्थायी समिति बैठकले गरेका सोही निर्णयलाई अनुमोदन गर्ने नेताहरुको भनाई छ ।
बैठकमा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्माओली लगायत नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु सहभागी छन् ।
बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष भने सहभागी छैन ।
स्थायी कमिटी र संसदीय दलको बैठक नेपाल पक्षका उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य र गोकर्ण विष्ट स्थायी कमिटी बैठकमा गएका थिए । तर उनीहरुको बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले अस्वीकार गरेपछि उनीहरू बैठकबाट निस्कीएका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend