Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय, एमाले कार्यदल पनि विघटन गर्ने


    शुक्रबार, साउन १ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बसेकाे नेकपा एमालेको स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । 

    शुक्रबार अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने भन्दै विश्वासको मत नदिने निर्णय गरेको हाे । 

    यस्तै नेकपा एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको छ ।  पार्टी एकता जोगाउन २ जेठमा बनेको कार्यदल विघटन गर्ने  निर्णय गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार