Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले बैठक रोक्न अस्वीकार गरेपछि आक्रोशित हुँदै फर्किए नेपाल पक्ष


    शुक्रबार, साउन १ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको करिब आधा घण्टापछि बैठक रोक्न माग गर्दै बैठक स्थल पुगेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षकाे आग्रह एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

    ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै नेपाल पक्षका नेताहरू बैठक स्थल पुगेका थिए ।

    बैठकस्थल नेताहरूले पार्टी एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न ओलीलाई आग्रह पनि ओलीले बैठक नरोक्ने अडान दोहोर्‍याउँदै बैठक जारी राखेपछि रावल लगायतका नेताहरू बैठकस्थलबाट बाहिरिएका छन् ।

    बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको प्रतिक्रिया दिएका छन । 

    ‘अध्यक्षले बैठक आव्हान गरेपछि हामी बैठक कक्षभित्र प्रवेश गरेर हामीले हाम्रो कुरा राख्यौ’, रावलले भने, तर उहाँले बैठक पुस्तिकामा हस्ताक्षर गरेर मात्रै कुरा राख्न निर्देशन दिएको बताए । ‘कार्यदलले जे सहमति गरेको छ, तदनुरूप बैठक बस्नुपर्छ । एमाले एकता खण्डित गर्नुहुँदैन, राष्ट्र अप्ठेरोमा छ यस्तो अवस्थामा एकता अघि बढाउन गम्भीर रूपमा सोच्नुस्, स्वयं पार्टी अध्यक्षले आफ्नो निवासमा सर्ने क्रममा दिएको अभिव्यक्तिले थप जटिलता थपेको छ हाम्रो यस्तो आग्रहमा ओलीले बैठक जारी राख्ने  निर्देशन दिनुभयो’, रावलले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार