Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवालाई गठबन्धनको सुझाव : केपी ओलीले जे गरे त्यो नदोहोरियोस्


    बिहिबार, असार ३१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बिहीबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

     सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेकाे बैठकमा काँग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता कृष्णबहादुर महरा, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

    छलफलमा नेताहरुले प्रधानमन्त्री देउवालाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्ती नदोहोर्याउन सुझाव दिएका छन् । 

    जुन गल्ती केपी ओलीजीले जे गरे त्यो नदोहोरियोस् भन्दै छलफलमा सहभागी नेताहरुले देउवालाई सुझाव दिएका हुन् ।

    स्राेतका अनुसार जवाफमा देउवाले आफू गठबन्धनको भावनालाई आत्मासात गर्दै सबैको सुझाव र सल्लाहमा चल्ने बताए । 

    मन्त्रीको भागबण्डाको विषयमा आज छलफलमा कुरा नभएकाे स्राेतले बताएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार