Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस पदाधिकारी बैठक स्थगित, मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी


    बिहिबार, असार ३१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्ताको कारण बैठक स्थगित भएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    उनका अनुसार विहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो २ बजेलाई सरेको हो । देउवाले पार्टीका शीर्षस्थ नेतासँग सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र  पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न खोजेका छन् ।

    मंगलबार प्रधानमन्त्रीको सपथ लिएर देउवाले काँग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री समेटेका छन् । २५ सदस्यीय मन्त्रिमण्डलमा १७ मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राखेका छन् ।

    गठबन्धन र पार्टीभित्र सन्तुलन मिलाएर मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार