Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लाजशरम हराएका गद्दारलाई क्षमा दिएर गल्ति गर्नु छैन: ओली


    बुधबार, असार ३० २०७८
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । निवर्तमान प्रधानमन्त्री एवं  एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको चर्को आलोचना गरेका छन् । 

    ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिदै नेपालले विपक्षी गठबन्धनमा लागेर पार्टी नेतृत्वकै सरकार ढालेकाे  आराेप लगाएका छन् । 

     बुधबार बालुवाटारबाट बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई कुनै गल्तीविना अकारण हटाइएको भन्दै अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

    ‘जनादेशबाट होइन परमादेशबाट अकारण, कुनै गल्ती गरेर होइन। काम गर्न नसकेर होइन। देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर कुनै मूल्यांकनको आधारमा होइन, असंवैधानिक फैसलाबाट जनादेश विपरीत, जनतामा जान नदिएर अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर, विश्वमा कहीँ नभएको नजिर कायम गरेर नेपाली जनतामाथि, लोकतन्त्रमाथि अतिक्रमण भएको छ,’ ओलीले भने । 

    अहिलेको यो परिस्थिति निर्माण गर्ने माधव नेपाल भएको भन्दै उनले शीतल निवासमा देउवाको शपथमा सहभागी भएर खुसीयाली मनाएको भन्दै कटाक्ष पनि गरेका छन् । 

    ‘आफ्नै पार्टीको सरकार ढाल्नका लागि कहिले राष्ट्रपतिकहाँ विरोधीलाई लाइन लगाएर, माधव नेपालजस्ता लाजशरम हराएका मानिसहरू,’ उनले भने। उनले यसो भन्दा कार्यकर्ताले माधव नेपाललाई पार्टीबाट निकाल्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । 

    ओलीको पक्षमा नाराबाजी गर्ने कार्यकर्ताहरुले सर्वोच्च अदालत, सरकार र गठबन्धनका नेताहरु प्रति अभद्र नाराबाजी समेत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार