Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालकोट सर्दै ओली, बालुवाटारमा कार्यकर्ताहरुकाे भेला


    बुधबार, असार ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज बालुवाटारस्थित सरकारी निवास छाड्दै छन् । आज उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । 

    ओलीले सरकारी निवास छोड्दै गर्दा उनको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारस्थित सरकारी निवासमा भेला भएका छन् ।

    ओलीलाई स्कर्टिङ र स्वागत गर्दै बालुवाटारबाट निजी निवास बालकोटसम्म पुर्‍याउने भन्दै एमाले कार्यकर्ताहरु भेला भएका हुन् ।

    ओलीको स्वागतमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला भएका छन् ।

    २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार