Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवाको सत्तारोहणमा भारतीय अखबारको चासो : नेपालको प्रजातन्त्रलाई न्यायालयले उद्धार गरेको सम्पादकीय !


    बुधबार, असार ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको विषयलाई भारतीय अखबारहरुले प्राथमिकता दिएका छन् ।

    बुधबार भारतीय अखबारहरुले देउवाको सत्तारोहणका विषयमा सम्पादकीय नै लेखेका छन् । दि इन्डियन एक्सप्रेसले संसद भंगको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पक्षधरता देखाएको लेखेको छ । यस्तै एक्प्रेसले देउवाले २७५ मध्ये १४९ जनाको हस्ताक्षर बुझाउँदा पनि भण्डारीले प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकोबारे टिप्पणी गरेको छ ।

    नेपाली कांग्रेस र देउवा भारतका लागि कुनै अपरिचित व्यक्ति नभएको र भारतीय राजनीतिक संस्थापनको परम्परागत मित्र भएको एक्सप्रेसले लेखेको छ ।

    यसैगरी, टाइम्स अफ इन्डियाले आफ्नो सम्पादकीयमा नयाँदिल्लीले नेपालको राजनीतिक घटनाक्रमका सम्बन्धमा तटस्थ अडान लिनुपर्ने उल्लेख गरेको छ । सो पत्रिकाले नयाँदिल्लीले सन् २०१५ मा संविधान जारी गरेपछि जस्तो हस्तक्षेप गरेको थियो, त्यसो गर्न नहुने लेखेको छ ।

    यता दि हिन्दुस्तान टाइम्सले नेपालको प्रजातन्त्रलाई न्यायालयले उद्धार गरेको सम्पादकीय प्रकाशित गरेको छ ।

    सो पत्रिकाले भारतले केपी ओलीलाई समर्थन गरेर आफैं प्रजातान्त्रिक मूल्य र मान्यताको गलत दिशामा उभिएको तर अब त्यो कोर्स परिवर्तन गर्नुपर्ने उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार