Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीको सत्तारोहणमा राष्ट्रपतिको असन्तुष्टि, आगामी दिनमा सम्बन्ध चिसो हुने संकेत !


    बुधबार, असार ३० २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । मंगलबार राष्ट्रपति विद्यादेबी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नियुक्ति सच्याएरमात्र सपथ लिने अडान लिएका थिए ।

    देउवाको उक्त अडानपछि राष्ट्रपतिले सर्वोच्च अदालतको आदेश र संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै भाषा सच्याएपछि उनले साढे दुई घण्टा ढिलागरी सपथ लिएका थिए। 

    देउवाले साँझ ६ बजे राष्ट्रपतिसमक्ष सपथ लिने समय तय भएको थियो।  तर, अदालतको आदेशपछि असन्तुष्ट राष्ट्रपति भण्डारीले नियुक्तिको बेहोरा सच्याउन अटेरी गर्दा सपथ लिन केही ढिला भएको थियो। 

    प्रधानमन्त्री नियुक्ति प्रक्रियामा राष्ट्रपति कार्यालयबाट देखाइएको व्यवहारले मुलुकको कार्यकारी प्रमुख र राष्ट्राध्यक्षको सम्बन्ध आगामी दिनमा सुमधुरभन्दा चिसो हुने संकेत गरेको छ।

    सपथपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई समारोहमा उपस्थित उपराष्ट्रपति, प्रधानन्यायाधीशसहितका विशिष्ट व्यक्तिहरूसँग परिचय गराउने प्रचलन भए पनि भण्डारीले मंगलबार त्यसो गरिनन् । यसबाट प्रधानमन्त्री देउवाको सत्तारोहणसँग राष्ट्रपति असन्तुष्ट देखिएको स्रोतको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार