Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा सरकारमा चार मन्त्रीले लिए सपथ, जनार्दन शर्मा अर्थ मन्त्री, खाँणलाई गृह 


    मंगलबार, असार २९ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा ७६(५) अनुसार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट २ र नेपाली कांग्रेसबाट २ जनालाई नियुक्ति गरिएको छ ।

    देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँडलाई नियुक्त गरेका छन् । अर्थमन्त्रीमा जनार्दन शर्मा प्रभाकर, कानुन न्याय तथा संसदीय ममिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा पम्फा भूसाललाई नियुक्ति गरिएको छ ।

    चारै मन्त्रीलाई मंगलबार बेलुका राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ खुवाएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार