काठमाडौं । मन्त्री कृष्णगोपाल श्रेष्ठले पाँच मन्त्रालयबाट बिदाई हुनुभएको छ । मन्त्री श्रेष्ठले आज मंगलबार शिक्षा, विज्ञान तथा प्रबिधि, स्वाथ्य तथा जनसंख्या, वन तथा वातावरण, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालयमा बिदाई हुनुभएको हो ।
पछिल्लो समय स्वाथ्य मन्त्रालयको जिम्मेवार पाए लगत्तै कोभिड विरुद्धको खोप अभियान चलाएर१९ दिनमै चर्चा कमाउनुभएका मन्त्री श्रेष्ठले १९ दिनमा शिक्षा, विज्ञान तथा प्रबिधि बाहेक चार मन्त्रालयमा करिब एक दर्जन बढी महत्वपुर्ण काम गर्न सफल हुनुभएको छ ।
अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गत उपाहार स्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन सफल मन्त्री श्रेष्ठले चीनबाट करिब ४० लाख खोप खरिद गर्न सम्झाैता गर्नुभएको छ ।
स्वाथ्य मन्त्रालयको कार्यभार सम्हाले लगत्तै यो वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गर्नुभएको थियो । सम्झौता गरेको एकसाता भित्र ८ लाख डोज खोप आइसकेको छ ।

स्वाथ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीको कारण काम गर्न सहज भएको बताउनुभयो । त्यस्तै तीन मुलुकबीचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई लाई नगद पुरस्कार, वीर अस्पताल परिसरमा रहेको केन्द्रीय कोभिठ युनिफाइड अस्पताल सिलान्यास गर्न सफल हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शिलान्यास गर्नुभएको थियो ।
मन्त्री श्रेष्ठकै कार्यकालमा युवा परिषदको बैठक सम्पन्न भएकोे छ । नाष्टले युवा वैज्ञानिकलाई पुरस्कार वितरण, बैदेशिक रोजगार बोर्डको बैठक सम्पन्न गर्नुभएको छ । सबै पुरस्कार प्रधानमन्त्री ओलीले प्रदान गर्नुभएको थियो । मन्त्री पदको कार्यभार सम्हालेलगत्तै सबै मन्त्रालयको जिम्मेवारी वाडफाड गर्नुभएको थियो । गत असोज २९ गतेबाट शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री श्रेष्ठले २ महिना १४ दिन शहरी विकास मन्त्रालयमा रहदा महत्वपुर्ण काम गर्नुभएको थियो ।

पुस १२ गतेबाट शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नुभएका मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयका अन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गतवर्ष स्थयिगत कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नुभएको थियो । मन्त्री श्रेष्ठको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सहितका पदाधिकारी नियुक्ति गर्नुभएको थियो । त्यस्तै सिटिइभिटी र विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, दिल्लीरमण पुस्तकालय प्रमुख लगायत एकदर्जन बढी निकायका रिक्त पदाधिकारी नियुक्ति गर्नुभएको थियो । करिब ९ महिना शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दा उहाले शिक्षा क्षेत्रको विभिन्न महत्वपुर्ण काम गर्न सफल हुनुभएको थियो ।
आफुले गरेको कामको बारेमा जानकारी गराउदै मन्त्री श्रेष्ठले जे जस्तो काम गरे सबै मन्त्रालयका सचिव लगायत ककर्मचारीको सहयोगले सम्भाव भएको बताउनुभयो । भन्नुभयो–सबै क्षेत्रमा आमुल परिवर्तन गर्ने सोच थियो, तर बकम समय भएकोले सम्भाव भएन , जति सम्पन्न गरे त्यसमा अति खुसी लागेको छ । पाच मन्त्रालयबाट एबै दिन बिदाई हुँदा उहाले सबै कर्मचारीलाई धन्यवाद दिनुभएको थियो ।

सबै मन्त्रालयको बारेमा सिक्ने मौका पाए, एक पटक पाच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु–मन्त्री श्रेष्ठले भन्नुभयो ।
यी बदाई कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफुले १ सय ४६ दिनसम्म काम गर्ने मौका पाउदा मन्त्री ज्युसंग धेरै विषयमा जानकारी हासिल गर्न पाएँ, उहाले मन्त्रीको कार्यशैलीबाट आफु खुसी भएको प्रतिक्रिया दिदै मन्त्रीको कारण शिक्षामा धेरै काम गर्न सफल भएको बताउनुभयो ।

तीनदिन अघि मात्रै विज्ञान मन्त्रालयको कार्यभार सम्हाल्नुभएका विज्ञान सचिव सुरेश आचार्यले मन्त्रीको कार्यशैलीको बारेमा आफुलाई जानकारी भएको बताउनुभयो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यैपाने, श्रम मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम, वन मन्त्रालयका सचिव प्रेम कँडेल, स्वाथ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयका सचिवद्धय रामप्रसाद थपलिया र सुरेश आचार्यले शुभकामना व्यक्त गर्नुभएको छ ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend