Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा नेतृत्वको सरकारमा जाने मन्त्री तोक्ने जिम्मा प्रचण्डलाई


    मंगलबार, असार २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । 

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकारमा कसलाई पठाउने भन्ने कुरा प्रचण्ड र देउवाबिच छलफल भएपछि त्यो छलफलको आधारमा निर्णय लिने निष्कर्ष निकालेकाे छ ।

    बैठकमा सहभागि एक नेताले भने मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने कुरा भएकाे छ, तर भ्याइएन भने अध्यक्षले नै टुंगो लगाउनु हुने छ ।  

    सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । 

    सोही अनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेकी छिन् भने आजै उनले सानो आकारको मन्त्रिपरिषद गठन गर्न लागेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार