Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापालाई स्वास्थ्य मन्त्री बनाउन माग


    मंगलबार, असार २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् । 

    देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् ।

    नेपाली कांग्रेसबाट अहिले स्वास्थ्यमन्त्रीका लागि गगन थापाको चर्चा चुलिएको छ । सामाजिक संञ्जालदेखि नेपाली कांग्रेसभित्र गगन थापालाई अहिले स्वास्थ्यमन्त्री बनाउन दबाब दिइरहेका छन् ।

    कोभिडसँग लड्न गगन थापाले दिएका सुझावहरुले राम्रो प्रतिक्रिया पाएको कारण अहिले स्वास्थ्यमन्त्रीमा गगन थापा उपयुक्त हुने तर्क सहित गगन थापालाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्ने माग गरिरहेको पाईएको छ ।

    गगन थापाले भने यस बारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार