Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा पुर्नस्थापना : निर्वाचन प्रक्रिया स्थगित


    मंगलबार, असार २९ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेसँगै आगामी कात्तिक २६ र मंसिर ३ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको सबै प्रक्रिया स्थगित भएको छ।

    प्रतिनिधिसभा विटघन भई कात्तिक २६ र मंसिर ३ गते तोकिएको निर्वाचन संसद् पुर्नस्थापना भएसँगै नहुने भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वाेच्चको फैसलापछि निर्वाचन तयारी स्थगित भएको बताए। 

    ‘सर्वाेच्चको फैसला आइसकेपछि निर्वाचन तयारी अघि बढाउने कुरा भएन,’ उनले भने, ‘संसद् पुर्नस्थापनासँगै निर्वाचन गर्नुपर्ने आवश्यकता रहेन, अब आयोगको बैठक बसेर निर्वाचन तयारी स्थगित गर्छ।’

    अनुसार सर्वाेच्चबाट फैसलाको लिखित जानकारी आउन बाँकी रहे पनि आयोगले प्राप्त जानकारीकै आधारमा तयारी स्थगित गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार