Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चकाे फैसलालाई जित-हारको रूपमा नलिन कांग्रेसको आग्रह


    सोमबार, असार २८ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले बदर गरेको फैसलालाई नेपाली कांग्रेसले स्वागत गरेकाे छ ।

    साेमबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चकाे याे फैसलाले लिक बाहिर धकेलिएकाे संविधानलाई ट्रयाकमा ल्याएकाे र स्वतन्त्र न्ययपालिकाप्रतिकाे अास्था र विश्वासलाई अभिवृद्धि गरेकाे बताउँदै फैसलाकाे स्वागत गरेका हुन् ।

    विज्ञप्तिमा भनिएकाे छ- ‘लाेकतन्त्र र लाेकतान्त्रिक संविधान रक्षाकालागि विभिन्न ढंगले अान्दाेलनमा सरिक राजनैतिक दलहरू, सबै कानून व्यवसायीहरू, भातृ र शुभेच्छुक संस्थाहरू लगाएत सम्पूर्ण नेपालीहरूलाई बधाइ ज्ञापन गर्दछु ।’

    उनले देश र जनताको हितमा संयम र एकताका साथ समर्पित भएर कार्य गर्न फैसलाले अझै जिम्मेवार बनाएको उल्लेख गरेका छन् । 

    कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु,’ देउवाले भनेका छन् ।

    कांग्रस.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार