काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान कार्यदलले आइतबार गरेको सहमति लागू नै नहुने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालसहित स्थायी कमिटी बैठक राखी सहमति अनुमोदन गर्नका लागि आज बेलुका ५ बजे बैठक बोलाइएको थियो । तर सोमबार दिउँसो सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि माधव नेपालले त्यसको स्वागत गरिसकेका छन् । नेपालले मृत्युशैयामा पुगेको संसद ब्यूँतिएको भन्दै सर्वोच्चको आदेशको स्वागत गरेका छन् ।
नेता नेपालले फैसलाको स्वागत गरेपछि आइतबार एमालेको कार्यदलले गरेको सहमति लागू हुने संभावना न्यून देखिएको छ । कार्यदलले गरेको सहमतिप्रति नेता नेपालले असहमति जनाइसकेका छन् । नेता नेपालले असहमति जनाइसकेको र देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरकै आधारमा फैसला समेत आइसकेकाले एमाले कार्यदलको सहमति लागू हुने संभावना पनि टरेको छ । सहमति गरेको भोलिपल्टै प्रधानमन्त्री केपी ओली समूहबाट माधव नेपालसहितको विपक्षी गठबन्धनका बिरुद्ध अशिष्ट टिप्पणी सुरु भइसकेको थियो ।
माधव नेपाल समूहको नाममा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, भीम आचार्यहरुले सहमति गरे पनि राजेन्द्र राई, जगन्नाथ खतिवडा जस्ता नेताहरुले बिरोध गरेका छन् । सहमतिका नाममा ओलीसँग आत्मसमर्पण गरेको टिप्पणी राजेन्द्र राईले गरेका छन् ।
सर्वोच्चको फैसला आइसके पनि एमाले अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक सोमबार बेलुका बोलाएका छन् । सहमति अनुमोदन गर्न बोलाइएको स्थायी कमिटी बैठकले अदालतको फैसलाको बारेमा समीक्षा गर्नुपर्ने भएको छ ।
यस्तो छ १० बुँदे सहमतिः
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend