काठमाडौं । सर्वोच्च अदालतको संबैधानिक इजलासले प्रतिनिधिसभाको पुनस्र्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि विपक्षी गठबन्धनमा खुसियाली छाएको छ भने सत्तारुढ दल एमालेको केपी ओली समूहमा निराशा छाएको छ । त्यही निराशाको अभिब्यक्ति महेश बस्नेतहरुले सडकमा पोख्न थालिसकेका छन् ।
अदालतको आदेश बिरुद्ध महेश बस्नेतले सार्वजनिक रुपमै सडकमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् । अदालतको आदेशबिरुद्ध नाराबाजी गर्न उक्साउने र बस्नेत आफैं समेत सडकमा बिरोध प्रदर्शनमा उत्रिएका छन् । महेश बस्नेतहरु सडकमा अदालतको आदेश बिरुद्ध नाराबाजीमा उत्रिरहँदा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापनाको स्वागत गरेका छन् ।
अदालतको आदेशको स्वागत गर्दै नेता भट्टराईले एमालेको एकता जोगाउन सबैमा अपिल गरेका छन् । भट्टराईले लेखेका छन्–‘सर्वोच्च अदालतको संबैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनःस्थापना पुनस्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान गर्दछु । हिजो भएको १० बँुदे सहमतिलाई इमान्दारिताकासाथ कार्यान्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एकढिक्का रहनेछ भन्ने बिश्वास ब्यक्त गर्दछु ।’
योगेश भट्टराई एमालेको एकताका लागि लामो समयदेखि लाग्दैआएका छन् । देउवालाई प्रधानमन्त्री बनाउनका लागि पनि १४६ सांसदले हस्ताक्षर गर्दा उनले पार्टी एकताकै खातिर गरेका थिएनन् । एमालेको विवाद समाधान कार्यदलले आइतबार राति १०.३० बजे गरेको १० बुँदे सहमतिपछि अनुमोदन नहुँदै सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend