Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालले गरे फैसलाको स्वागत, मृत्युसैयामा पुगेको संसद ब्युँतियो


    सोमबार, असार २८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले बदर गरेपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फैसलाको प्रशंसा गरेका छन् ।

    सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रारम्भिक प्रतिक्रिया दिँदै मृत्युशय्या‍मा पुगिसकेको संसद्लाई अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरेका हुन्  ।

    नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटक-पटक प्रतिनिधिसभालाई विघटन गर्ने काम भइरहेको अवस्थामा सर्वोच्च अदालतकाे याे फैसला कारात्मक रहेकाे नेता नेपालले बताएका छन् । 

    अदालतले संविधानको रक्षा गरेको  बताउदै नेपालले मुलुकमा राजनीतिक स्थितिरताको निम्ति यो फैसलाले राम्रो भूमिका खेल्ने समेत विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार