काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलले आइतबार १० बुँदे सहमति गरे पनि त्यसका केही बुँदामा बरिष्ठ नेता माधव नेपालले असहमति राखेका छन् । सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा पुनस्र्थापना सम्बन्धी मुद्दालाई प्रभावित पार्ने बुँदा राखिएकोमा नेता नेपालले असहमति प्रकट गरेका हुन् । कार्यदलले गरेको सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुको क्षुद्र अभिब्यक्तिप्रति पनि नेता नेपालले आपत्ति प्रकट गरेका छन् ।
कार्यदलले आइतबार १३ घन्टा बसेर सहमति गरी घनश्याम भूसालले नेता नेपाललाई अपराह्न ब्रिफिङ गरेका थिए । कार्यदलमा सहमतिपछि अध्यक्ष ओली र नेता नेपालसमेत सहभागी स्थायी कमिटीको बैठकबाट अनुमोदन गर्ने कार्यक्रम थियो । तर राति १०.३० मात्र कार्यदलमा सहमति भएकाले स्थायी कमिटी बैठक बस्न सकेन ।
आज बेलुकाका लागि स्थायी कमिटी बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकमा पनि बरिष्ठ नेता माधव नेपाल जाने संभावना कम छ । सर्वोच्च अदालतको फैसलापछि मात्रै ओली र नेपाल भेट हुने र एमाले एकता प्रक्रिया टुंगिने देखिएको छ । सर्वोच्चको फैसलाअघि ओली र नेपाल भेटवार्ता नहुने भएको छ । अदातलमा विचाराधीन मुद्धाको फैसला नभएसम्म कुनै सहमति हुन नसक्ने भन्दै आएका वरिष्ठ नेता नेपालले अहिलेकै अवस्थामा नभेट्ने बताएपछि ओली–नेपाल भेट नहुने भएको छ ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend