Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १३ घण्टासम्म बसेर सकियो एमाले कार्यदल बैठक 


    आइतबार, असार २७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको विवाद मिलाउनका लागि आइतबार बिहानदेखि बसेको कार्यदलको बैठक सकिएको छ । बैठक सकिएपछि कार्यदलका सदस्यहरु सिंहदरबारबाट बाहिरिएका छन् ।

     एमालेको विवाद समाधानका लागि कार्यदलको बैठक सिंहदबारमा बसेको थियो । तर १३ घन्टासम्म बैठक बसे पनि सहमति भने हुन सकेको छैन । कार्यदलको बैठक बिहान ९ बजेदेखि बसेको हो । अदालतमा दर्ता भएको प्रतिनिधिसभा पुनस्र्थापनाको बिषयलाई प्रभाव पार्ने गरी सहमति नगर्ने बरिष्ट नेता माधव नेपालको अडान रहेको छ ।

    आइतबारको कार्यदलको बैठकपछि सुवास नेम्वाङ र गोकर्ण बिष्टले सोमबार बिहान ८ बजे सहमतिको मस्यौदा तयार गरी स्थायी कमिटीबाट अनुमोदन गर्ने बताएका थिए । तर आइतबार रातिसम्म पनि सहमति नगरी बैठक सकिएको छ । आइतबार बोलाइएको स्थायी कमिटी बैठक सोमबार बेलुकाका लागि सारिएको छ । सोमबार अदालतले बहुचर्चित प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दाको पेशी राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार