काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा पुनस्र्थापनाको सम्बन्धी मुद्दालाई प्रभावित पार्नेगरी सहमति गर्न नसकिने अडान राखेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट अध्यक्ष मागेको भन्दै सामाजिक संजालमा बदनाम गर्ने अभियान नै छेडिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीकै निकट पृथ्वी सुब्बा गुरुङ लगायतका केही नेताहरुले नै एमाले तलदेखि माथिसम्म नै संरचनागत रुपमा दुई पार्टीजस्तो बनिसकेका कारणले वास्तविक अर्थमा एकता गर्नका लागि लागि दुई अध्यक्ष बनाएर अथवा दुई हस्ताक्षर चल्ने बनाउनुपर्ने कुरा उठाउँदैआएका छन् ।
सुब्बाले त माधव नेपाललाई भेटेरै यस्तो भनेका छन् । उनीहरुले यस्तो भने पनि माधव नेपालले आजका मितिसम्म हुन्छ, हुन्छु भनेर एक शब्द पनि बोल्नुभएको छैन । घरमै आराम गरेर बसिरहेको अवस्थामा पनि अध्यक्ष मागे भन्दै भ्रम फैलाएकोमा नेपालको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष मागेको समाचार पूर्णतया भ्रमपूर्ण भएको नेता नेपालको सचिवालयले खण्डन गरेको छ ।
अध्यक्ष ओलीले पार्टी एकताका लागि भइरहेका सम्पूर्ण प्रयासहरुलाई असफल बनाउन अध्यक्ष मागेको भनेर भ्रम फैलाएको भन्दै नेता नेपाललको सचिवालयले खण्डन गरेको हो ।
नेता नेपालको सचिवालय स्रोतका अनुसार ‘पार्टी एकताका लागि कार्यदलले प्रयास गरिरहेको छ । कार्यदलको पछिल्लो प्रगति पनि सकारात्मक दिशातर्फ उन्मुख रहेको बेला एकता प्रयास असफल बनाउन भ्रम फैलाइएको हो, ‘वरिष्ठ नेता नेपालले त्यस्तो कुनै पनि प्रस्ताव गर्नुभएको छैन ।’
बुधबार अध्यक्ष ओली र नेता नेपालबीच लामो समयपछि होटल मेरियटमा भेटवार्ता भएको थियो । उक्त भेटपछि केही संचार माध्यमले नेता नेपालले अध्यक्षको हैसियत मागेको भन्दै समाचार लेखेपछि सचिवालयले खण्डन गरेको हो । माधव नेपाल स्वास्थ्य समस्याका कारण घरमै आराम गरिरहनुभएको र पावर सेयरिङको बिषय नै नउठाएको अवस्थामा ओली समूहले एकोहोरो अध्यक्ष मागेको भन्दै सामाजिक संजालमा ब्यापक बनाउँदैआएको छ ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend