Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • म तटस्थ छु, ओलीतिर गएको छैन: वामदेव गौतम


    आइतबार, असार २७ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी विवादमा आफू तटस्थ रहेको बताएका छन ।

    आइतबारको राष्ट्रियसभा बैठकमा गौतमले पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि आफू अझै तटस्थ रहेको बताएका हुन् ।

    गत हप्ता गौतम अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी भएका थिए । ‘एमाले पुनर्स्थापित भएपछि एमाले रोज्नैपर्यो । एमालेको सदस्य हुँ । त्यसो भएर म केही समय पहिले केपीजीले जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा भाग लिन गएँ’ गौतमले भने ।’ 

    उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला आएपछि पार्टी एकढिक्का हुने बताएका छन् । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले त्यसअघि नै सहमति जुटाउन सके अझ राम्रो हुने बताए ।

    ‘नेकपा एमालेभित्रको अन्तरविरोध समाधान गर्नको निम्ति दुईवटा समूहबाट एउटा कार्यदल बनेको छ । र त्यसले आज ८ बजे खुसीको खबर आउँछ भनेको थियो । मैले भनेको थिएँ त्यो खुसीको खबर सर्वोच्चको निर्णय पछि आउँछ भनेर’ उनले भने, ‘मेरो भनाई लागू नहोस्, भरेसम्म खुसीको त्यो खबर आओस् भन्ने चाहन्छु । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुनेछ ।’

    नेता गौतमले आफ्नो पार्टीभित्रको विवादलाई ‘ठूलो घरको ठूलै चहलपहल’ भनी टिप्पणी गरे । ‘ठूलो घरको ठूलै चहलपहल । राम्रो भए पनि राम्रो नराम्रो भए पनि । ठूलो पार्टी भएको नाताले कहिले नेकपा एमाले, कहिले नेकपा, अहिले नेकपा एमाले भएर प्रकट भएका छौं’ उनले भने ।

    तथापि, एकपछि अर्को अराजनीतिक क्रियाकलाप, संविधान र ऐन नियमहरु कुल्चिने काम भएकाले शिर निहुर्‍याउनुपर्ने अवस्था आएको पनि उनले बताए ।

    पार्टी विवाद समाधानका लागि आफूले भूमिका निर्वाह गर्न नसकेको गौतमले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार