Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दीपक मनाङेले पाए खेलकुद मन्त्रालयको जिम्मेवारी


    आइतबार, असार २७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाेखरा । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई खेलकुद मन्त्री नियुक्त गरिएको छ । 

    गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।  

    जनता समाजवादी पार्टीका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुवै मन्त्रीहरूले आजै पदभार पनि ग्रहण गरेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन । 

    यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थको जिम्मा पाइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार