Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सिंहदरबार घेर्न गएका नागरिक अभियन्ताहरु पक्राउ


    आइतबार, असार २७ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम राजनीतिकरण तथा भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शनका लागि सिंहदरबार अगाडि गएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा, प्रनेतालगायतलाई प्रहरीले पक्राउ गरेको हाे ।

    ‘सिंहदरबार मार्च’ अन्तर्गत सिंहदरबारको दक्षिण गेटमा धर्नासहित प्रदर्शनका लागि पुगेका ‘बृहत नागरिक आन्दोलन’ मा सामेल नागरिक अभियन्ताहरु पक्राउ परेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार