Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अदालतमा बुझाएको हस्ताक्षरले सहमति अड्कियो, माधव नेपाल पक्षका कार्यदल सदस्य बाहिरिए


    शनिबार, असार २६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतमा दायर रिटमा गरेको हस्ताक्षरको बिषयले एमालेमा हुन लागेको  सहमति अल्भिएको छ । नेकपा एमाले कार्यदलका सदस्यहरुसंहदरबारस्थित अर्थ मन्त्रालयमा भेला भए पनि छलफल नै नगरी तितरबितर भएका छन् । सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षरको बिषयलाई कसरी सम्बोधन गर्ने भन्ने बिषयमा सहमति हुन नसकेकाले कार्यदलका सदस्यहरु वार्तास्थलबाट हिंडेका छन् । अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने अडान माधव नेपाल पक्षको छ ।

    अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति भइसकेपछि हस्ताक्षर स्वतः निस्क्रिय हुने भएकाले यो बिषयलाई त्यति धेरै उछालिरहनु नपर्ने धारणा ओली पक्षकै कार्यदलका सदस्यहरुको छ । तर प्रधानमन्त्री ओली भने हस्ताक्षर फिर्ता हुनुपर्ने भन्दैआएका छन् ।

    शनिबार दिउँसो २ बजे अर्थ मन्त्रालयमा कार्यदलको बैठक बोलाइएको थियो । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरको बिषयमा सहमति हुन नसकेपछि माधव नेपाल पक्षका कार्यदलका सदस्यहरु हिंडेका छन् भने ओली पक्षका अर्थ मन्त्रालयमै छन् ।

    माधव नेपाल पक्षका कार्यदलका सदस्यहरुले विषयवस्तुमा प्रवेश गर्न नसकेकाले अनौपचारिक छलफल मात्रै भएको र घन्टापछि पुनः आउने बताएका छन् । 

    प्रधानमन्त्री ओली भने सिन्धुपाल्चोकको मेलम्चीमा बाढीप्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार