काठमाडौं । नेकपा (एमाले) को विवाद समाधान हुने दिशातिर उन्मुख रहेकै अवस्थामा माधव नेपाल पक्षका सांसदहरुको बैठक सम्पन्न भएको छ । सांसदहरुको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसला आउनुभन्दा अघि सहमतिको नाटक गरेको र अदालतको फैसलालाई प्रभावित पारेपछि आफूहरुलाई वास्तै नगर्ने निश्कर्ष निकालेको एक सांसदले बताएका छन् ।
विवाद समाधानको लागि गठित कार्यदलको लगातार बसेको बैठकले सहमतिको खाका तयार पारेको र शनिबार संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने भनिएको छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरिएको हस्ताक्षर फिर्ता हुनुपर्ने अडान छाडेका छैनन् । माधव नेपाल पक्ष कुनै हालतमा हस्ताक्षर फिर्ता नहुने अडानमा छ । तर हस्ताक्षरका बारेमा बीचको बाटो अपनाएर भए पनि पार्टी एकताका लागि कार्यदलका सदस्यहरु छलफलमा छन् ।
बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच होटल म्यारियटमा भएको भेट सकारात्मक भएको र सोही भेटवार्ताको आधारमा कार्यदलले सहमतिको लागि मस्यौदा तयार पारेको छ । तर, नेपाल पक्षधर सांसदहरु भने कुनै पनि हालतमा देउवालाई गरेको समर्थन फिर्ता नलिने पक्षमा छन् ।
सांसदहरुको बैठक सकिएपछि माधव नेपाल पक्ष केन्द्रीय कमिटी बैठकमा जुटेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend