काठमाडौं । नेकपा(एमाले)को विवाद समाधान उन्मुख देखिएको छ । सोमबारदेखि कार्यदलको निरन्तरको बैठक र बुधबार प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधव नेपालबीच होटल म्यारियटमा भएको वार्ताले एमालेमा सहमतिको बातावरण बन्दै गएको हो ।
शुक्रबार कार्यदलमा रहेका दुवै समूहका नेताहरुले विवाद समाधानका लागि सहमति नजिक पुगेको दावी गरेका छन् ।
शुक्रबार सिंहदरबारमा झण्डै ७ घण्टा बसेको बैठकमा पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थाबाट सक्रिय बनाउने भन्नेमा सहमति जुटेको छ । यो संरचना क्रियाशील गराउन ओली पक्षले आनाकानी गरिरहेको थियो । यस्तै माओवादीसँगको एकतापूर्वको २४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्न दुवै पक्ष तयार भएका छन् । २४१ सदस्यीय केन्द्रीय कमिटी ब्युँताउने ओली पक्षको प्रस्तावमा यसअघि झलनाथ खनाल–नेपाल पक्षले असहमति राख्दै आएको थियो ।
कार्यदलले आजै विवाद समाधानको दस्ताबेजमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने दावी गरेको छ । पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका विषयमा सहमतिको मस्यौदा तयार गरेको जनाएको छ । २८ फागुन २०७७ मा माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्य बनाउन माधव नेपाल पक्ष सहमत भए पनि त्यति नै संख्या बराबर आफ्नो तर्फबाट पनि राख्नुपर्ने अडान राखेको छ । ५–६ जनासम्म केन्द्रीय सदस्य बनाउन थप्न सकिने तर २३ जना नै थप गर्न नसकिने तर्क ओली पक्षले राखिरहेको छ । त्यसमा पनि संख्या बढाएर भए पनि एकता टुंग्याउन कार्यदलका सदस्यहरुबीच सहमति भएको बताइएको छ ।
वरिष्ठ नेता माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता नलिने अडान राखेपछि त्यसबारे कस्तो भाषामा सहमति खोज्ने भन्ने विषय मात्र टुंगिन बाँकी रहेको कार्यदलका सदस्यहरुले बताएका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र नेता नेपालबीचको शक्ति बाँडफाँटको विषय टुंगिएपछि मात्र सहमतिले मूर्तरुप पाउने कार्यदलका सदस्यहरुले बताएका छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend