Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कार्यदलको बैठकबाट बाहिरिँदै पन्तले भने – सम्भवतः आज नै सहमति गर्ने छौँ


    शुक्रबार, असार २५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद समाधानको प्रयास जारी छ । 

    पार्टीको विवाद समाधानका लागि कार्यदललाई सक्रिय बनाएर समाधानको पहल गरिएको छ । केही दिनयता कार्यदलका सदस्यहरुले सहमति नजिक पुगेको र अब अन्तिम टुंगो लगाउन बाँकी रहेको बताउँदै आएका छन् । 

    यसैक्रममा कार्यदलका सदस्य रहेका एमाले नेता रघुजी पन्तले सहमतिका लागि तयार गरिएको मस्यौदामाथि कार्यदलमा छलफल भइरहेको जानकारी दिएका छन् ।

    कार्यदलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै पन्तले भने, ‘एकताका लागि तयार गरिएको मस्यौदामाथि कार्यदलको बैठकमा छलफल भइरहेको छ । कार्यदलका सदस्यहरुबाट विभिन्न सुझावहरु आएका छन् । ती सुझावलाई समेटेर अन्तिम रुप दिने प्रयास भइरहेको छ । सम्भवतः आज नै हामी सहमति गर्ने तयारीमा छौँ’ उनले भने ।

    अहिले पनि कार्यदलको बैठक जारी रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार