Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी छाडेर एमालेमा गएकाे बादल समूह आज निर्वाचन आयोग जाँदै


    शुक्रबार, असार २५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा लागेका नेताहरुआज निर्वाचन आयोग जाने भएका छन् ।

    २०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएकाले पार्टी अवैधानिक भएको भन्दै रामबहादुर थापा ‘बादल’ समूहले गत असार २३ गते आयोगमा उजुरी दिएका थिए साेहि निवेदनउपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन उनीहरू आज आयोग जान लागेका हुन् ।

    नेता मणि थापाका अनुसार उनीहरू आज बिहान ११ बजे निर्वाचन आयोग जाने तयारीमा छन् ।

    संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर आयोगमा निवेदन परेको थियो ।

    माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादललगायत उनको समूहले माओवादीको दल दर्ता खारेजी हुनुपर्ने बताइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार