Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमाले कार्यदलको बैठक आज पनि, सहमतिसहितको निष्कर्ष दिने तयारी


    शुक्रबार, असार २५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पार्टीभित्रको आन्तरिक विवाद मिलाउने प्रयासमा रहेको नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै छ ।

    बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने कर्यदल्कसंयोजक सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङका अनुसार आजको उक्त बैठकले सहमतिसहित निष्कर्ष दिने छ। 

    एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।

    ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद्ले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार