काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाका सदस्यले हराएको भनिएका टीकापुरका तीन वर्षीय बालक विवेक विष्टको अवस्थाका बारेमा सत्यतथ्य पत्ता लगाउन ध्यानाकर्षण गराएका छन् ।
सुदूरपश्चिम प्रदेशसभाका सदस्यले हराएको भनिएका टीकापुरका तीन वर्षीय बालक विवेक विष्टको अवस्थाका बारेमा सत्यतथ्य पत्ता लगाउन ध्यानाकर्षण गराएका छन् ।
अर्का सदस्य शान्ति नेपालीले बझाङको खप्तडछान्ना गाउँपालिकाकी २९ वर्षीया महिला सुशीला रोकाया माथि कुटपिट गरी हत्या गरिएको पुष्टि भइसकेको भन्दै यो घटनाको छानबिन गरी दोषीमाथि कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरीन् ।
बैठकले प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदनसहितको ‘सुदूरपश्चिम प्रदेश वातावरण संरक्षण अध्यादेश २०७७’ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले उक्त विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए । यसअघि उक्त विधेयक माथि भएको छलफलमा सदस्य बलबहादुर सोडारी, वीरमान चौधरी, मालामति रानाथारु र गोविन्दराज बोहराले भाग लिएका थिए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी पेश गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । मन्त्री जोशीले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसभा समक्ष टेबुल गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend