काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै पनि नपुगिने टिप्पणी गरेका छन् ।
पछिल्लो समय जसपा र सत्तारुढ दल नेकपा एमालेमा देखिएका आन्तरिक विभाजन र पार्टी एकताको विषयप्रति संकेत गर्दै भट्टराईले बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर गन्तव्य एकै नभएकाहरु छुट्टिँदा नै राम्रो हुने टिप्पणी गरेका हुन् ।
पार्टीको एकता र फुटको कुनै फर्मुला नहुने भन्दै डा. भट्टराईले सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुखी हुने गरेको बताए । उनले मुख्य कुरो कहाँ पुग्ने (लक्ष्य) र कुन बाटो जाने (कार्यदिशा) भन्ने भएको बताए ।
डा. भट्टराई भन्छन्, ‘पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै पनि पुगिन्न। बरू पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुँदा राम्रो !’
पार्टीको एकता र फुटको कुनै फर्मुला हुन्न।तैपनि सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुखी हुन्छ!मुख्य कुरो कहाॅ पुग्ने(लक्ष्य) र कुन बाटो जाने(कार्यदिशा)भन्ने हो! पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउॅमा बसेर कतै पनि पुगिन्न।बरू पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुॅदा राम्रो!
— Baburam Bhattarai (@brb1954) July 7, 2021
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend