Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाको विवाद टुंग्याउन इजलास गठन, सुनुवाइ आगामी साउन ३ गते हुने


    बुधबार, असार २३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न  प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ ।

    सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय भएको छ स्राेतले बताएकाे छ । 

    जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।

    ऐनअनुसार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको हाे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार