Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुरु भयो एमाले कार्यदल बैठक, ओली र नेपालले संयुक्त एमाले एकताबद्ध रहेको सन्देश देलान् त ?


    बुधबार, असार २३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले एकताबद्ध रहेको सन्देश जारी गराउने सहितका विषयमा एमालेको दुवै समूह छलफलमा जुटिरहेको छ ।  

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा  ओली र माधव कुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक पौने १२ बजेदेखि सुरु भएको हो ।  

    बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई संयुक्त रुपमा पार्टी एकताबद्ध रहेको सन्देश जारी गराउने गरि छलफल गरिरहेका हुन् । 

    सहमति नजिक पुगेका बताएका संस्थापन ओली र माधवकुमार समूहका नेताहरुबीच बुधबार पनि वार्ता भइरहेको छ । 

    बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त भिम आचार्य लगायत  ओली पक्ष बाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार