Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी अवैधानिक भएको भन्दै बादल समूहले माओवादी केन्द्रविरुद्ध उजुरी दिने


    बुधबार, असार २३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी छाडेर नेकपा एमालेमा लागेका नेताहरुले नेकपा माओवादी केन्द्रविरूद्ध उजुरी दिने भएका छन् । 

    उनीहरुले बुधबार दिउँसो साढे १२ बजे निर्वाचन आयोगमा निवेदन बुझाउन जाने तयारी गरेका छन् ।

    २०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएकाले पार्टी अवैधानिक भएको भन्दै रामबहादुर थापा ‘बादल’ समूहले आयोगमा उजुरी दिन लागेका हुन् ।

    सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेको थियो ।

    अवैधानिक पार्टीले गरेको कारबाहीका कारण जनताबाट निर्वाचित आफूहरुको पद गएको भन्दै उनीहरुले गुनासो समेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार