काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट्ने भएको छ । पार्टी भित्र विवाद बढ्दै गएपछि जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पार्टी फुटाउने निर्णयमा पुगेका हुन् ।
मंगलबार पार्टीको विवाद समाधान गर्न छलफलको लागि निवार्चन आयोगले ठाकुर पक्ष र यादव पक्षलाई बोलाएको थियो । तर दुवै पक्ष पार्टीलाई कानुनी रुपमा फुटाउने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिएका छन्।
आयोगमा भएको छलफलमा दुवै पक्षले एकै पार्टीमा रहन नसकिने निष्कर्ष निकाले । दुवै पक्षका नेताहरु अब अलग रहनु ठिक हुने भन्दै फुटाउने सहमति गरेर आयोगबाट बाहिरिएका हुन् ।
दुवै पक्षले आधिकारिकता दाबी नछाडेपछि आयोगले दल दर्तासम्बन्धी ऐनअनुसार आउन निर्देशन दिएको जनाइएको छ । आज आयोगमा ठाकुरपक्षका लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा, केशव झा र दुईजना कानुन व्यवसायी पुगेका थिए भने यादवपक्षका उनीसहित डा. बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारी पुगेका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend