काठमाडौं । प्रदेश २ ले विगत ३ वर्षदेखि सञ्चालन गरेको ‘मुख्यमन्त्री स्वच्छता कार्यक्रम’ अस्वच्छ बन्दै गएको छ । प्रदेश २ को अर्को अभियान पनि अपारदर्शी ढंंगले संचालन गरिएको गुनासो प्राप्त भएको छ । ‘मुख्यमन्त्री बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रमको बारेमा प्रश्न उठेको हो ।
प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रमको प्रभावकारितामा पनि प्रश्न उठाइएको छ । प्रदेश २ का सरकारी कार्यालय, बाटोघाटो, धार्मिक स्थल, विद्यालय, पोखरी, इनार, सार्वजनिक स्थलको सरसफाई तथा स्वच्छताको स्तर बढाई प्रदेशमा स्वच्छता कायम गर्ने यस कार्यक्रमको उदेश्य हो । यसका लागि मुख्यमन्त्री स्वच्छता अभियान कोष कार्यविधि २०७५ ल्याइएको छ । यो कार्यक्रम २०७५ सालदेखि सञ्चालनमा छ । यसको कुल बजेट १ अर्व छुट्याइएको छ ।
कार्यक्रमको उदेश्य जतिसुकै राम्रो भए पनि कार्यक्रममा अनियमितता बढेको व्यापक गुनासो बढेको छ । सो कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा जानकी मन्दिरको स्तरोन्नतिका लागि रु. ७ करोड २१ लाख ५४ हजार, वीरगञ्जस्थित नागपोखरी सौन्दर्यका लागि रु. ९ करोड ९८ लाख १५ हजार, पर्साको मुरलीपोखरी स्तरोन्नतिका लागि रु. ७ करोड ९८ लाख ७० हजार, छिपटाइ पोखरी स्तरोन्नतिका लागि रु. ४८ लाख ६५ हजार खर्च भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
यो रकम मन्दिर र पोखरीका लागि गरिएको खर्च हो । उक्त कार्यक्रम अन्तर्गत सार्वजनिक शौचालयहरुको निर्माणमा व्यापक अनियमिता बढेको गुनासो छ । चालु आ.व.मा यस कार्यक्रम अन्तर्गत करिब २२ करोड खर्च भएको जनाइएको छ ।
त्यसो त, प्रदेश २ मा सार्वजनिक शौचालयको निर्माण दुई वटा कार्यक्रमबाट सञ्चालन गरिएका छन् । दुई वटै कार्यक्रम मुख्यमन्त्रीको नामबाट ल्याइएका छन् । एउटा मुख्यमन्त्री बेटी पढाऔ, बेटी बचाऔं अभियान अन्तर्गत र अर्को मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेश २ मा करिब २ सय स्थानमा सार्वजनिक शौचालय निर्माण गरिएको जनाइएको छ ।
मुख्यमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार चालु आर्थिक वर्षमा १ सय स्थानमा छात्र छात्रावास तथा ६० स्थानमा सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेका छन् । अरु ३५ स्थानमा सार्वजनिक शौचालय निर्माणको प्रक्रियामा रहेको मुख्यमन्त्रीको कार्यालय जनाएको छ । ती शौचालयको ठेक्का काठमाडांैमा रहेको सुनकोशी कन्ट्रक्सन र ब्राइट कम्पनीलाइ दिइएको छ ।
एक ठाउँमा शौचालय बनाएबापत १२ लाखदेखि १५ लाखसम्म भुक्तानी गरिएको छ । विनामापदण्ड भुक्तानी गरिएको मुख्यमन्त्री कार्यालयकै एक कर्मचारी बताउँछन् । उनी भन्छन्– शौचालयमा कमसल सामग्री तथा मापदण्ड नबनाएरै भुक्तानी गरिएको छ । यसो हुनुमा मिलोमतो भएको उनको बुझाइ छ । त्यसो त, महालेखा परीक्षकको ५७ औ वार्षिक प्रतिबेदनमा मुख्यमन्त्री स्वच्छता कार्यक्रम अन्तर्गत ५ करोड ३लाख ८५ हजार रुपैयाँ फस्र्यौट नभएको जनाइएको छ । उक्त प्रतिवेदनले मुख्यमन्त्री बेटी पढाआंै, बेटी बचाऔं कार्यक्रमको प्रभावकारितामाथि पनि प्रश्न खडा गरेको छ ।
यस कार्यक्रम अन्तर्गत गरिएको साइकल वितरणको मौज्दात र वितरणको अभिलेख उपलब्ध नगराइएकोले यस कार्यक्रमको प्रभावकारिता एकीन हुन नसकेको प्रतिबेदनमा जनाइएको छ । मख्यमन्त्री बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रम छोरीलाई विद्यालयमा पढाइ उनीहरुको व्यक्तित्व विकास र सशक्तीकरणको माध्यमबाट समाजको निर्माण र रुपान्तरणका लागि अभियान सञ्चालन गर्ने उद्देश्य राखिएको छ । जसका लागि मुख्यमन्त्री बेटी पढाऔं, बेटी बचाऔं निर्देशिका २०७५ समेत ल्याइएको छ । यस कार्यक्रम अन्तर्गत शिक्षा, बिमा, लैगिंक हिंसाको नियन्त्रण, साइकल वितरण, जनचेतामूलक कार्यक्रम, अभिभावकत्व ग्रहण, दिवाखाजा, क्षमता विकास कार्यक्रम, छात्रमैत्री शौचालय, छोरी शिक्षा, छात्रा लोकसेवा आयोगको तयारी, छात्रा स्यानेटनरी बितरण लगायतका कार्यक्रम राखिएको छ । कार्यक्रमको उद्देश्य निकै राम्रो छ । तर कार्यक्रममा धेरै अनियमितता भएको बिषय उठेको छ ।
कोरोनाको महामारीका कारण प्रदेश २ का सबै जिल्लामा लकडाउन भइरहको बेला छात्राहरुलाई साइकल बितरण गरियो । कोरोनाको बेला भ्याक्सिन वितरण गर्नुपर्ने ठाउँमा साइकल वितरण गरियो भनी व्यापक आलोचना भएपछि साइकल बितरण कार्यक्रम स्थगित गरियो । चालु आर्थिक वर्षमा मात्र १४ हजार साइकल बितरण गरिएको र प्रतिसाइकल ५ हजार ७ सय रुपैयाँको दरले खरिद गरिएको जनाइएको छ ।
यो कार्यक्रम पनि ३ वर्षदेखि सञ्चालनमा छ । अहिलेसम्म ३२ हजार साइकल बितरण गरिएको बताइएको छ । साइकल खरिदको मूल्य पनि प्रत्येक बर्ष फरक फरक देखाइएको छ । सुरुमा एउटा साइकल खरिद गर्दा रु. ७ हजार ५ खर्च भएको देखाइएको छ । अहिले ५ हजार ७ सय रुपैयाँमा खरिद गरिएको जनाएको छ ।
मुख्यमन्त्री कार्यालयमै कार्यरत अर्का एक कर्मचारी भन्छन्– मुख्यमन्त्री स्वच्छता अभियान र मुख्यमन्त्री बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा बिल भर्पाइ तयार गर्न तथा अनियमितता नभएको देखाउन अहिले पुरानो मिति राखेर बिल बनाउने काम भइरहेको छ । यस अभियानमा केही कर्मचारी र ठेकेदारको मिलोमतो रहेको ती कर्मचारीको भनाइ छ । मुख्यमन्त्री लालबाबु् राउतले यी दुवै कार्यक्रममा भएको अनियमिततामा मौनता साँधेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend